किरियापुत्री बसेका नेता भेट्न धादिङ पुगे काङ्ग्रेस नेता पौडेल र सशांक

किरियापुत्री बसेका नेता भेट्न धादिङ पुगे काङ्ग्रेस नेता पौडेल र सशांक

नेपाली काङ्ग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई भेट्न काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइराला धादिङ पुगेका छन् ।

फेरि पनि जिल्ला सभापतिको दावेदार रहेका अधिकारीलाई समवेदना प्रकट गर्नकै लागि दुवै नेता आज अधिकारीको घर नीलकण्ठ-७ तल्लोबेसी पुगेका छन् ।

समवेदना व्यक्त गर्दै पौडेल र सशांकले जन्म र मृत्यु मानव जीवनमा सबैलाई आइपर्ने प्राकृतिक नियम नै भएकोले दुखित नहुन सान्त्वना दिए ।

अधिकारीकी आमा टिकादेवीको ८२ बर्षको उमेरमा असोज २८ गते नवमीको दिन निधन भएको थियो । अधिकारी अहिले किरियापुत्री बसिरहेका छन् ।

टिप्पणीहरू