कात्तिके झरीका कारण किसान चिन्तित

कात्तिके झरीका कारण किसान चिन्तित

मनसुन सकिएलगत्तैको कात्तिके झरीले काट्नयोग्य धान खेतमै डुबाएको छ । आइतबार रातिदेखिको अविरल वर्षाको कारण किसानहरु चिन्तित छन् ।

मुलुकका अधिकांश क्षेत्र डुबानमा छ । अझ मुलुकको पश्चिमी भेगका किसानलाई अविरल वर्षाले बिचल्ली पारेको छ ।

कात्तिके झरीले किसानहरुको वर्षभरिको खाद्यबाली नै नष्ट गरेको छ । दशै लागेसँगै धान पाक्न शुरु भइसकेको थियो भने कतिपयले धान काटेर खेतमा नै सुकाएका थिए ।

धान काटेका किसानहरुले निरन्तरको वर्षाका कारण खेतमा सुकाएका धान भित्र्याउन पाएका छैनन् ।

दुई दिनदेखिको लगातारको झरीले पश्चिमका जिल्लाहरु सबै जलमग्न छन् । किसानहरु काटेको धान खेतमै उम्रिने हो कि भन्ने चिन्तामा डुबेका छन् ।

खेतमा बाला झुलेर काट्न तयार परेको धान पानीमा डुबेको देखिन्छ । लगातारको कात्तिके झरीले घोराही,लमही,पश्चिम दाङका किसानलाई सबैभन्दा धेरै पिरोलेको छ ।

विगत तीन दिनदेखिको वर्षाको कारण किसानहरु चिन्तित बनेको रामेछापबाट कमानसिंह लामाले बताए ।

धान काट्ने तयारीमा रहेका किसानलाई अहिलेको झरीले सबैभन्दा दुःखी बनाएको उनको भनाइ छ ।

टिप्पणीहरू