माइतीघरको धर्ना तोडियो,दुई मृत्युको छानबिन हुने

माइतीघरको धर्ना तोडियो,दुई मृत्युको छानबिन हुने

माइतीघर मण्डलामा झण्डै दुई सातादेखि भइरहेको महिलाहरुको धर्ना कार्यक्रम भर्खरै तोडिएको छ । राष्ट्रिय महिला अधिकार मञ्च, बाँकेको आयोजनामा भएको धर्ना सरकारसँग भएको छ बुँदे लिखित सहमतिपछि सकिएको हो ।

नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्या र त्यसमा संलग्नहरुलाई प्रहरी प्रशासनले संरक्षण गरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । नेपालगञ्जदेखि पैदल यात्रा गर्दै आएका अभियन्ताहरुसँग सरकारले भर्खरै लिखित सहमति गरेको छ ।

सहमति तत्काल कार्यान्वयन नभएमा पूर्ण र सशक्त अन्दोलन गर्ने अभियन्ताहरुले बताएका छन् । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले सहमति पत्र पढेर सुनाउनुभएको थियो ।

त्यसबखत महिला अघिकारकर्मी अनुराधा कोइराला,राष्ट्रिय महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारीले रूबी खानलगायतका धर्नाकारीलाई जुस खुवाएर धर्ना तोडाइएको हो ।

टिप्पणीहरू