​कमरेडको भीडमा कोलाहल

विषय मामुली हो, स्वागत मन्तव्यको । तर, यही विषयलाई लिएर अहिले महाभारत मच्चिएको छ माओवादीनिकट जनसांस्कृतिक महासंघमा । प्रसंग हो, प्रतिरोध दिवसको । चैत ५ गते राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री प्रचण्डको आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । माओवादी निकट आठ जनसंस्कृतिकर्मी रायन, जीवन शर्मा, विमल निभा, सीता आचार्य, सुभाष गजुरेलसहित राष्ट्रिय सम्मानबाट सम्मानित भए ।
जसै कार्यक्रम सकियो तर सरल सहयात्री र विमला केसीबीचको सम्बन्धलाई जोडेर पदाधिकारीले लफडा सुरु गरेपछि अहिले भुसको आगो फैलिएको छ । जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् सरल सहयात्री ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुपर्ने थियो । उनले महासंघकै सचिवालय सदस्य विमलालाई मञ्च दिए । १५ उपाध्यक्ष, १ कोषाध्यक्ष र ९ सचिव रहेको महासंघमा सबैलाई बाइपास गर्दै जुनियर तथा सचिवालय सदस्य विमलालाई मञ्च दिएपछि अरू पदाधिकारी रुष्ट भएका हुन् । यद्यपि, सरलले महिला भएका कारण विमलालाई स्वागत मन्तव्य राख्न मञ्च दिएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन् । महासंघमा उपाध्यक्षका रूपमा सीता शर्मा, कोषाध्यक्ष सभामुख कृष्णबहादुर महरापुत्री प्रगति र सचिव पत्रकार आस्था केसी छन् । उनीहरूले स्वागत मन्तव्य राख्ने अवसर किन पाएनन् र सचिवालय सदस्यलाई मञ्च दिइयो ? कार्यक्रम पछाडि राष्ट्रिय सभागृहको आँगनमा भेटिएका एक पदाधिकारीले जनआस्थासँग भने, ‘खै के भा’को हो !’ 

वर्षालाई पीडा कि हर्ष ?
समाचारवाचिका मोटी भएको भन्दै हिमालयन टिभीका हाकिमले न्युज रिडरलाई गलहत्याएको देखिए÷सुनिएकै हो । तर, सिने नगरीमा एक जना नायिका मोटी भएकै कारण निर्माता र निर्देशकको पेलाइमा परेकी छन् । यसरी मोटी भएकै कारण सिनेमा गुमाउने नायिका हुन् वर्षा शिवाकोटी । सिक्वेल चलचित्र निर्माता विकास आचार्यले निर्माण गर्न लागेको नाइँ नभन्नू ल बाट उनी यही साता आउट भएकी हुन् । सो स्थानमा विकासले स्लिम केकी अधिकारीलाई ल्याएर अस्ति मात्र चलचित्रको मुहूर्त गरेका छन् । चर्चाअनुसार वर्षा यसरी आउट हुनुको कारण यो मात्र भने होइन । यही सिक्वेल चलचित्रमा अभिनय गरेर चर्चा कमाएका कलाकार हुन् अनुभव रेग्मी । उनकै हठका कारण वर्षालार्ई आउट गर्न विकास बाध्य भएको चर्चा पनि छ । नाइँ नभन्नू ५ मा वर्षालाई राख्ने भए आफू यो फिल्म कुनै हालतमा नखेल्ने उनको अड्डीका कारण वर्षा आउट र केकी इन भएको चर्चासमेत फिल्म युनिटभित्र चल्न थालेको छ । केही समयअघि वर्षा रावत र वर्षा शिवाकोटीबीच लफडा थियो ।

टिप्पणीहरू