दशैँमा गाउँ फर्केकालाई शहर छिर्ने चटारो (फोटोसहित)

दशैँमा गाउँ फर्केकालाई शहर छिर्ने चटारो (फोटोसहित)

-शंकर श्रेष्ठ,धादिङ

दशैँमा गाउँ आएकालाई अहिले शहर फर्किने चटारो छ । शहरमा जागिरे जीवन बिताइरहेकाहरुलाई पनि गाउँको कोसेली बोकेर शहर छिर्ने हतारो उस्तै छ ।

दशैँमा शहरबाट बूढा बा-आमालाई ल्याइदिएका नयाँ लुगाको सट्टा बुबाआमाले घरबाट पठाएको झोलाभरि खानेकुरा बोकेर फर्किनेहरुको भीडले सबै गाडी भरिभराउ छन् ।सपरिवार दशैँ मनाउन लालाबालासहित घर फर्केका व्यवसायी र कर्मचारीलाई पनि कार्यक्षेत्रमा फर्किने हतारोले सार्वजनिक यातायातमा सिट पाउनै मुश्किल छ ।तैपनि मानिसहरु जसोतसो यात्रा गरिरहेका छन् ।

टिप्पणीहरू