दक्षिणकालीमा कोठाभित्र मजदुरको विभत्स हत्या

दक्षिणकालीमा कोठाभित्र मजदुरको विभत्स हत्या

दक्षिणकालीमा एउटै डेरामा बस्दै आएका दुई जनामध्ये एक जनाले अर्काको विभत्स हत्या गरेका छन् । स्थानीय कमलपोखरीस्थित हरिकृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने र ज्यामी काम गर्नेहरुमध्ये सोलुखुम्बूका ४५ वर्षे गोदे राईको विभत्स हत्या गरिएको हो ।

कोठामा सँगै बस्ने ओखलढुंगाका ४५ वर्षे पासाङ शेर्पाले धारिलो हतियार प्रयोग गरेर राईको हत्या गरेको अनुमान छ । शेर्पा फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबै जना ज्यामी काम गर्दै आएका थिए । एउटै कोठामा बस्ने गरेका राईको टाउकोमा धारिलो हतियार प्रहार गरेको कारण मृत्यु भएको देखिन्छ ।

अहिले मृतक राईको शव पोष्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ । घटनाको थप अनुसन्धानका लागि नेपाल प्रहरीको टेकु परिसर र कीर्तिपुर वृत्तबाट डिएसपीको नेतृत्वमा टोली खटिएको छ ।

टिप्पणीहरू