चेला उपराष्ट्रपतिले बिमार गुरुलाई सम्झिएपछि

चेला उपराष्ट्रपतिले बिमार गुरुलाई सम्झिएपछि

नेपालमा मार्क्सवादको व्याख्याता भनेर चिनिएका पुराना कम्युनिष्ट नेता तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे सरकारले चासो देखाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले अस्पतालमै पुगेर सरकारका तर्फबाट वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

स्वास्थ्य समस्याका कारण केही दिनदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका वैद्यलाई आज उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि भेट गर्नुभएको छ ।

आफ्ना राजनीतिक गुरुसमेत रहनुभएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन नर्भिक पुग्नुभएको हो । सो क्रममा पुनले वैद्यको स्वास्थ्य अवस्थाबारे चिकित्सक र अस्पताल प्रशासनसँग चासो राख्नुभएको थियो ।

यसअघि हिजो दिउँसो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।

लामो समयदेखि दमको रोगबाट पीडित रहनुभएका वैद्य स्वास्थ्यमा थप समस्या देखिएपछि अस्ति नर्भिक अस्पताल भर्ना हुनुभएको हो । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू