कोरोनाविरुध्दको खोपले सीमा नाघ्यो

कोरोनाविरुध्दको खोपले सीमा नाघ्यो

सरकारले असोज मसान्तसम्म लक्षित संख्याभन्दा बढीलाई कोरोनाविरुध्दको खोप लगाएको पाइएको छ । नेपाल सरकारले असोज मसान्तसम्म जनसंख्याको कम्तिमा एक तिहाईलाई उक्त खोप लगाउने लक्ष्य लिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेकोमा त्योभन्दा बढीलाई खोप लगाएको बताएको छ । जसअनुसार लक्षित वर्गमध्ये ४२ दशमलव २ प्रतिशतलाई पहिलो मात्रा र ३३ दशमलव ५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको हो ।

“अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७ सय १० मात्रा खोप आइसकेको छ । अब दुई करोड ४१ लाख ५८ हजार ७ सय ८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने छ । “

१८ वर्ष उमेरभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाउने लक्ष्य थियो । असोज मसान्तसम्म ३३ प्रतिशत,पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र लक्षित सबै नेपालीलाई खोप लगाउने योजना हो ।

मन्त्रालयको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिलेसम्म नेपालमा एक करोड ८८ लाख ५८ हजार ७ सय १० मात्रा खोप आइसकेको छ । अब दुई करोड ४१ लाख ५८ हजार ७ सय ८० मात्रा खोप खरिद, कोभ्याक्स सुविधामार्फत ल्याइने छ ।

उहाँले बालबालिकालाई लगाइने फाइजर कम्पनीको एक लाख ६ सय २० मात्रा खोप अक्टोबरको अन्तिमसम्ममा ल्याउने तयारी गरिएको बताउनुभएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना ४० लाख र ६० लाख फाइजर खोप लगाउने तयारी छ ।

यस्तै, चीनबाट भेरोसेल खोप यही अक्टोबरमा थप १६ लाख मात्रा र पुससम्ममा ५९ लाख ३६ हजार ४ सय मात्रा ल्याउने तयारी भइरहेको समेत बुझिएको छ ।

टिप्पणीहरू