आज काठमाण्डौमा जे जे हुँदैछ

आज काठमाण्डौमा जे जे हुँदैछ

आज राजधानीमा माओवादी केन्द्रको स्थायी समितिको बैठकदेखि नेपाली काँग्रेसको धर्नासमेत हुँदैछ । उता माइतीघरमा पनि दशैं अघिदेखिको धर्ना जारी हुने छ ।

आज बिहान ८ बजेदेखि नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठक शुरु भएको छ । हिजो दिउँसो भएको बैठकको आज निरन्तरता हो । बैठक पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा राखिएको छ ।

उता नेपाली काँग्रेसको मुख्यालय सानेपामा गत असारदेखि हुँदै आएको बिरोध कार्यक्रम दशैंमा समेत भयो । त्यहि कार्यक्रम आज पनि जारी छ । रौतहटमा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुध्द हुँदै आएको रिले अनसन तथा धर्ना कार्यक्रम आज पनि बिहान ९ बजेदेखि राखिएको छ ।

यता,माइतीघरमा राष्ट्रिय महिला अधिकार मञ्च बाँकेले पनि दशैं अघिदेखि धर्ना दिँदै आएको छ । मञ्चको आयोजनामा नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई प्रहरी प्रशासनले संरक्षण गरेको बिरोधमा उक्त धर्ना भएको हो ।

असोज १ गते नेपालगञ्जबाट पैदल यात्रा गरी उनीहरुले असोज २२ गतेदेखि माइतीघर मण्डलामा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिँदै आएका छन् । धर्नाकारीलाई प्रहरीले पहिलो दिन नै धरपकड गरेको थियो ।

टिप्पणीहरू