आजको क्याबिनेटले कसलाई नियुक्त,कसलाई बर्खास्त गर्न खोज्यो ?

आजको क्याबिनेटले कसलाई नियुक्त,कसलाई बर्खास्त गर्न खोज्यो ?

आज दिउँसो सिंहदरबारमा बसेको क्याबिनेट बैठकको निर्णयअनुसार यहि अक्टोबर २५ देखि २९ सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने श्रम मन्त्रीहरुको बैठकमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले भाग लिने भएका छन् । अबुधाबीमा श्रमिकहरु पठाउने र श्रमिकको उपयोग गर्ने मुलुकका श्रममन्त्रीहरुको बैठक हुन लागेको हो ।

क्याबिनेट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रममन्त्री श्रेष्ठलाई पठाउने भनेर निर्णय लेख्न आदेश दिएपछि मुख्यसचिव शंकरदास बैरागीले सोहीबमोजिम माइन्युटमा लेख्नुभएको एक जना मन्त्रीले बताएका छन् ।

बैठकबाट खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल,राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कल्याण रोक्कालाई बर्खास्त गर्ने निर्णय भएको छ ।

बैठकले केही सहसचिवको सरुवा,जर्नेलहरुको बढुवा र पोष्टिङ पनि गरेको छ । केही कर्नेलहरुको समेत सरुवा गरिएको बताइन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको रिक्त महानिर्देशक नियुक्तीसम्बन्धी प्रस्ताव आजको बैठकमा पेश भएन । सम्भाव्य उम्मेदवारको रुपमा प्रतापकुमार तिवारी र अधिकारी थरका अर्का एक जनालाई लिइएको छ ।

टिप्पणीहरू