यो बर्ष नेपालमाथि अनेक बिपत्ति

यो बर्ष नेपालमाथि अनेक बिपत्ति

लगातारको वर्षाले भित्र्याउने बेलाको धान खेतमै नष्ट हुन थालेको छ । आइतबारदेखि देशका विभिन्न भागमा परेको झरीका कारण काटेर राखिएको धान खेतमै डुबेपछि किसानहरु नोक्सानी ब्यहोर्न बाध्य भएका छन् ।

अविरल वर्षाले रुपन्देहीलगायत तराईका जिल्लाहरूमा भित्र्याउने समयको धानबाली नष्ट भएको छ । काटेर सुकाउँदै गरेको तथा काट्न तयार भएको धान डुबानमा पर्दा किसानहरू चिन्तित बनेका छन् । जेठको अन्तिम तथा असार महिनादेखि खेतमा घामपानी सहेर काम गरेका किसानहरूको मेहनतमा वर्षा बाधक बनेपछि उनीहरुमा चिन्ता छाएको हो ।धान बाली वर्षाले डुबानमा परेपछि कृषकको लाखौं मूल्यको क्षति भएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिएको रुपन्देहीका ओमसतिया,सियारी,शुध्दोधन, मर्चवारी,सम्मरीमाई,कोटइमाई लगायतका क्षेत्रमा वर्षाले धानबाली नष्ट भएका छन् भने तिलोत्तमा,सैनामैना,कञ्चन, देवदहलगायत स्थानका कृषकहरुले पनि क्षति व्यहोर्नु परेको छ ।

‘जब मानिसहरुले मनसुन गइसक्यो भनेर बुझ्छन् तब यो मुभमेण्ट झनै बढ्छ । त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिष्टम विकसित हुन्छ । नयाँ सिष्टमको प्रभाव मान्छेको आँकलनभन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने भएको हो ।’

८२ हजार हेक्टर जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजारभन्दा बढी हेक्टरमा धान खेती गरिएकोमा अहिले अधिकांशका खेतमा लगाइएको राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको हुँदा बढी क्षति भएका छन् ।आइतबार रातिदेखि मुलुकभर झरी परिरहेको छ । मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि त्यसको प्रभाव नेपालको पश्चिमी क्षेत्रमा परेको मौसमविदहरुले बताएका छन् । जसका कारण पश्चिम क्षेत्रमा वर्षायाममा भन्दा बढी पानी पर्नुका साथै हावा हुरी पनि आएको छ ।

उत्तरतर्फ सरिरहेको मौसमी प्रभावले सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशमा केही अधिक र अन्य प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आइतबार रातिदेखि नै मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा भइरहेको छ ।

यो क्रम मंगलवारसम्म पनि जारी रहने महाशाखाले जनाएको छ । मनसुन सकिने बेला बाढी पहिरो आउने गरी वर्षा हुनुलाई विज्ञहरुले जलवायु परिवर्तनको असरको रुपमा व्याख्या गरेका छन् । मनसुन सकिएपछि हुने अप्रत्यासित वर्षाले धेरै मानवीय र भौतिक क्षति गराउने सम्भावना रहने भन्दै उनीहरुले सचेत गराएका हुन् ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले मनसुनपछि हुने वर्षाले धेरै क्षति निम्त्याउने बताए । उनले भने, ‘जब मानिसहरुले मनसुन गइसक्यो भनेर बुझ्छन् तब यो मुभमेण्ट झनै बढ्छ । त्यो मुभमेण्ट बढ्दा यस्तो नयाँ सिष्टम विकसित हुन्छ । नयाँ सिष्टमको प्रभाव मान्छेको आँकलनभन्दा बाहिर गएर आउने भएकाले हानी नोक्सानी बढी गर्ने भएको हो ।’

यस बर्षको मनसुन जुन ११ मा शुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो । सेप्टेम्बर २३ मा मनसुन बाहिरिनुपर्ने भएपनि केही वर्षदेखि सिफ्ट भइरहेकाले नेपालले अक्टोबर २ लाई मनसुन बाहिरिने मिति तोकेको छ ।

टिप्पणीहरू