फुटबल खेलाडीलाई पाँच लाख दिने सरकारको घोषणा

फुटबल खेलाडीलाई पाँच लाख दिने सरकारको घोषणा

सरकारले साफ च्याम्पियनसिप खेलेका नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५/५ लाखका दरले प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको क्याविनेट वैठकले प्रतिखेलाडी ५ लाख र प्रशिक्षकहरुलाई ३ लाख रुपैँयाका दरले प्रोत्साहन रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

माल्दिभ्सको राजधानी मालेमा हालै सम्पन्न १३ औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । साफको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो । नेपाली टोली आजै स्वदेश फर्किएको छ ।

टिप्पणीहरू