संक्रमित निको हुने दोब्बर भए पनि आज ९ जनाको ज्यान गयो

संक्रमित निको हुने दोब्बर भए पनि आज ९ जनाको ज्यान गयो

आज मुलुकभर ९ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५ सय ९१ जना संक्रमित थपिएका छन् । संक्रमणको कारण ९ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्अनुसार ७ हजार ६ सय ९७ जनामा पीसीआर तथा २ हजार ४३ जनामा एन्टिजेन गरी ९ हजार ६ सय ९७ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ११ हजार ८ सय ७४ सक्रिय संक्रमित छन् । संक्रमितमध्ये १० हजार ८ सय ४७ जना होम आइसोलेसनमा र १ हजार २७ जना संस्थागत आइसोलेसनमा छन् ।

२ सय ८० जनाको आइसियु तथा ९९ जनाको भेण्टिलेटरमा राखेर उपचार गरिएको छ ।

टिप्पणीहरू