बिदेशी सैन्य टोली स्वयम्भू पस्यो

बिदेशी सैन्य टोली स्वयम्भू पस्यो

एक साता लामो नेपाल भ्रमणमा निस्किएका भारतीय नेशनल डिफेन्स कलेजका सैनिक अधिकारीहरु काठमाडौँ आइपुगेका छन् । भारतीय जलसेनाका दुई तारे जर्नेल धीरेन भीआइजीको नेतृत्वमा विभिन्न ५ देशका सैनिक अधिकारीहरु सम्मिलित २१ सदस्यीय टोली अस्ति काठमाडौँ आएर घुमघाम र भेटघाटमा जुटेको हो ।

काठमाडौँ झरेलगत्तै भ्रमण टोलीले भर्खरै स्वयम्भूनाथ मन्दिरको अवलोकन गरेको छ । स्वयम्भू अवलोकनपछि टोली भ्रद्रकालीस्थित नेपाली सेनाको मुख्यालयतर्फ लागेको छ ।

भ्रमणका दौरान टोलीले नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै पशुपतिनाथ,मुक्तिनाथ मन्दिर,होटल एभरेष्ट भ्यू नाम्चे तथा चन्द्रागिरीको भ्रमणलगायत नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा,रक्षामन्त्री डा.मीनेन्द्र रिजाल, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

टिप्पणीहरू