मोहन वैद्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचणड नर्भिक अस्पतालमा

मोहन वैद्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचणड नर्भिक अस्पतालमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुग्नुभएको छ ।

केही बेरअघि नर्भिक पुगेर प्रचण्डले आफ्ना राजनीतिक गुरुसमेत रहनुभएका वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । लामो समयदेखि दमको रोगबाट पीडित रहनुभएका वैद्य स्वास्थ्यमा थप समस्या देखिएपछि हिजो नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।

हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू