श्रीमतीको कुटाइबाट श्रीमान ठहरै

श्रीमतीको कुटाइबाट श्रीमान ठहरै

श्रीमान र श्रीमतीबीचको झगडालाई परालको आगो ठान्नेहरु प्रशस्त छन् । तर,आपसी विवाद र झगडामा श्रीमतीले श्रीमानको ज्यान लिएकी छन् । ज्यान लिने श्रीमती पनि श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी छन् ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका ३,ज्यामिरे बस्ने ५४ वर्षीय गोविन्दबहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्तकुमारी लिम्बुबीच झगडा भई कुटपिट हुँदा गोविन्दको ज्यान गएको हो ।

घरमा झगडा गर्दा टाउकोमा चोट लागी गम्भीर घाइते भएका गोविन्दको छथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटबाट बेहोस भएकी भक्तकुमारीलाई सोही अस्पतालबाट थप उपचारको लागि धरानको घोपा अस्पताल लगिएको छ ।

टिप्पणीहरू