नुवाकोटमा बस दुर्घटना,उध्दार जारी

नुवाकोटमा बस दुर्घटना,उध्दार जारी

नुवाकोटमा भर्खरै यात्रुवाहक बस दुर्घटनामा परेको छ । नुवाकोटबाट काठमाडौंको लागि छुटेको बस दुर्घटनामा परेको हो । किस्पाङ गाउँपालिका ५,भाल्चेबाट काठमाडौंको लागि गुडेको बा.४ ख ५७६२ नम्बरको बस केहीबेर पछि नै दुर्घटनामा परेको थियो ।

घाइतेलाई त्रिशुली अस्पताल लैजाने क्रम शुरु भएको छ भने अन्य सिकिस्तलाई काठमाडौं लैजाने तयारी गरिएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच जनाकाे अवस्था चिन्ताजनक छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।

टिप्पणीहरू