प्रधानमन्त्री १३ गते स्कट्ल्याण्ड प्रस्थान

प्रधानमन्त्री १३ गते स्कट्ल्याण्ड प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवाको स्कटल्याण्ड भ्रमणको मिति तोकिएको छ । COP २६ को निम्ति अक्टोबर ३० अर्थात कार्तिक १३ गते शनिबारदेखि शुरु हुने भ्रमण नोभेम्बर ४ अर्थात कार्तिक १८ गतेसम्म पाँच दिने हुनेछ ।

पाँचौ पटक प्रधानमन्त्री नियुक्त भएको तीन महिना कटेर दशैँ पर्वसमेत सकिएपछि बिदेश भ्रमण हुन लागेको हो । प्रधानमन्त्री कार्यालय,परराष्ट्र मन्त्रालय र बेलायतस्थित नेपाली दूतावास अहिले यात्राको तयारीमा धुमधामसङ्ग जुटेका छन् ।

यहीबेला सरकारले दिल्ली,लण्डनलगायत विभिन्न ठूला ठाउँबाट राजनैतिक नियुक्तिमा गएका राजदूतहरुलाई फिर्ता बोलाएको छ भने नयाँ नियुक्तिको सुरसार छैन ।

टिप्पणीहरू