ठूला करदाताबाट गौतमलाई हटाएर क-कसलाई हाइसन्चो ?

ठूला करदाताबाट गौतमलाई हटाएर क-कसलाई हाइसन्चो ?

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै पहिलो निशानामा पर्यो ठूला करदाता कार्यालय र त्यहाँका हाकिम बाबुराम गौतमलाई हटाइयो । गौतमलाई करदाता कार्यालयबाट मात्रै हटाइएन,अर्थ मन्त्रालयबाटै उध्योगतिर लखेटियो ।

गौतमलाई झिकेपछि निकै महत्वपूर्ण मानिने उक्त कार्यालयमा झण्डै अढाई महिनासम्म हाकिम खालि भयो तर पनि त्यहाँ पदपूर्ति गर्नेतर्फ कसैको चासो गएको देखिएन ।

यसरी राजश्व उठ्तिमा नै असर पर्ने गरी सरकारलाई उक्त अप्रिय निर्णय लिन केले प्रेरित गर्यो होला ?

मुलुकको कर,राजश्व आयको झण्डै ५० प्रतिशत आम्दानी गर्ने उक्त कार्यालयको हाकिम अढाई महिनादेखि खाली हुनु भनेको आफैंमा एउटा निकै ठूलो गम्भीर विषय हो । यसबाट राजश्व असुलीमा गम्भीर नकारात्मक असर परेको निश्चित छ । यसरी राजश्व उठ्तिमा नै असर पर्ने गरी सरकारलाई उक्त अप्रिय निर्णय लिन केले प्रेरित गर्यो होला ?

तर,बजारमा त्यसरी राजश्व उठ्ति गर्ने कार्यालयमा महिनौंसम्म हाकिम खालि राख्नुलाई व्यापारिक वर्गले सेटिङ र बोलकबोल भनेर नयाँ नामाकरण दिएका छन् । उनीहरुले सम्बन्धित कम्पनी र ठूलाबडाबीच कुरो नमिलेकाले हाकिम सरुवा गर्न महिनौं लागेकोसमेत भन्न भ्याएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार गौतम करका क्याडेट हुन् । उनी सिष्टमभन्दा बाहिरको कुरो गर्दै गर्दैनन् भनिन्छ । सिस्टममा जाँदा जे गर्नुपर्ने हुन्छ त्यो चाहिँ गर्ने तर दायाँबायाँ नगर्ने भएपछि उनीहरूले दायाँबायाँ गर्नेको खोजी गरेको समेत भनेका छन् ।

अहिले राजश्व र करमा सबैभन्दा धेरै लफडा भएका कम्पनीहरुमा कोकाकोला, युनिलिभर,डाबर,एनसेल, चौधरी ग्रुप हुन् । तीमध्ये कोकाकोलाको लफडा करोड होइन अर्बमा पुगेको बताइन्छ । तीमध्ये कुनै दुई वटाले आफू अनुकूलको हाकिम नभएसम्म टाँग अड्याउन भनेबमोजिम नै ठूला करदाता कार्यालयमा अढाई महिनासम्म नयाँ हाकिमको अभाव भएको अनुमान लगाइएको छ ।

टिप्पणीहरू