दोलखामा बस दुर्घटना, ३४ जना घाइते

दोलखामा बस दुर्घटना, ३४ जना घाइते

दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस आज लामोसाँघु जिरी सडक खण्डमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका ३४ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइन्छ ।

 

बा.२ ख ३२६४ नम्बरको बस उक्त सडक खण्डको ६ किलो नजिकै दुर्घटनामा परेको हो । चालकले ब्रेक फेल भएर बस दुर्घटनामा परेको बताएका छन् ।

उक्त बस काठमाडौंदेखि धुलिखेलको रुटमा सञ्चालन हुँदै आएको थियो । तर दशैंमा यात्रुहरुले रिजर्भ गरेर उता लगेको बुझिएको छ । त्यहि बस आज दुर्घटनामा परेको हो ।

टिप्पणीहरू