​शेर र सिंहको कथा

संसदीय दलको नेता निर्वाचित हुनुभएकोमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई । हालै सम्पन्न दलको चुनावमा उहाँले पूर्व महामन्त्री प्रकाशमान सिंहलाई नराम्ररी पराजित गर्नुभएको छ । त्यो पनि राम्रै भयो । 

अतः समग्रमा के भन्न सकिन्छ भने कांग्रेस संसदीय दलको नेतामा सिंहलाई पराजित गरी शेरले चुनाव जित्नुभएको छ । निर्वाचनमा शेर र सिंहबीच प्रतिस्पर्धा चलेको थियो । नतिजा के हुन्छ कसैले भन्न सकिरहेको थिएन । किनभने प्रतिस्पर्धा सिंह र खरायो बीच चलेको भए केही अनुमान गर्न सकिन्थ्यो । अथवा शेर र मुसाबीच प्रतिस्पर्धा चलेको भए त्यहाँ पनि केही भन्न सकिन्थ्यो । तर यहाँ त प्रतिस्पर्धा शेर र सिंहबीच चलिरहेको थियो । कसरी केही भन्ने ? भन्ने हिम्मत पनि त हुनुप¥यो नि ! फलतः चुनावमा सिंह चित परे, शेरले जिते । अहिले जंगलमा बस्ने अन्य जीवजन्तुहरू भनिरहेका छन्, अरे यार चुनावमा शेर जितुन् कि सिंह– हामीलाई बाल मतलव ?

टिप्पणीहरू