गए राति ५१ वर्षीया महिलालाई जबरजस्ती करणी

गए राति ५१ वर्षीया महिलालाई जबरजस्ती करणी

उदयपुरमा गए राति ५१ वर्षकी महिलालाई ४३ वर्षे पुरुषले जबरजस्ती करणी गरेका छन् । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१० बस्ने धनबहादुर मगर आज बिहान पक्राउ परेका छन् ।

धनबहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेका हुन् । रातिको उक्त घटनापछि प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

टिप्पणीहरू