धनगढीमा प्रेमीसँग मिलेर महिलाले गरिन् श्रीमानको हत्या

धनगढीमा प्रेमीसँग मिलेर महिलाले गरिन् श्रीमानको हत्या

धनगढीमा श्रीमान्को हत्या गरेको अभियोगमा मृतककी श्रीमती र उनका प्रेमी पक्राउ परेका छन् । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अभियोगमा उनकी पत्नी २७ वर्षीया अमृता चौधरी र स्थानीय २९ वर्षीय विष्णु चौधरी पक्राउ परेका हुन् ।

रमेश चौधरी हिजो स्थानीय खुटिया नदी किनारमा मृत अवस्थामा फेला परेपछि श्रीमती र उनका प्रेमी पक्राउ परेका हुन् । प्रहरीले अनुसन्धानको क्रममा रमेशको हत्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट अमृता र विष्णुबीच पछिल्लो केही वर्षदेखि शारिरिक सम्बन्ध रहँदै आएको खुलेको छ । शुक्रबार राति रमेशले घर नजिकैको परालको कुन्युँमा उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।

त्यसपछि भएको कुटपिटमा विष्णुले प्रतिकार गर्दै अमृताको सहयोगमा घाँटी थिचेर हत्या गरेको तथ्य खुलेको छ । त्यसपछि उनीहरुले रमेशको शव बोकेर डेढ सय मिटर टाढा लगेर फालेका थिए ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

टिप्पणीहरू