संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर, ६ जनाको निधन

संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर, ६ जनाको निधन

आज मुलुकभर ६ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ सय ९१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार ६ हजार ९ सय ६६ जनामा पीसीआर तथा १ हजार १ सय ११ जनामा एन्टिजेन गरी ८ हजार ७७ जनामा परीक्षण गरिँदा ती संक्रमितको संख्या पुष्टि भएको हो ।

यसबीचमा संक्रमणबाट ६ जनाको निधन भएको छ । मुलुकभर अझै १२ हजार २ सय ९७ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ११ हजार २ सय ७८ जना होम आइसोलेसनमा र १ हजार १९ जना संस्थागत आइसोलेसनमा छन् । २ सय ९९ जनाको आइसियु तथा ९८ जनाको भेण्टिलेटरमा उपचार गरिएको छ ।

टिप्पणीहरू