फेसबुकको कमेण्टमा चित्त नबुझेपछि पेस्तोल तेस्र्याइयो

फेसबुकको कमेण्टमा चित्त नबुझेपछि पेस्तोल तेस्र्याइयो

सर्लाहीमा एक जना युवकले फेसबुक स्टाटसमा जथाभावी कमेण्ट गरेको विषयलाई लिएर अर्कालाई पेस्तोल ताकेका छन् । बलरा नगरपालिका–३, लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झाले स्थानीय विनय झालाई पेस्तोल ताकेका हुन् ।

नवनितलाई प्रहरीले हिजो तत्काल १ थान पेस्तोल र १ थान म्याग्जिनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार स्थानीय विनय झाले आफ्नो फेसबुकमा जथाभावी कमेण्ट गरेको भन्दै नवनितले पेस्तोल ताकेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

उनलाई प्रहरीले सबै पक्षमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू