७८ वर्षे श्रीमानको लात्ता प्रहारबाट ६५ वर्षीया श्रीमतीको निधन

७८ वर्षे श्रीमानको लात्ता प्रहारबाट ६५ वर्षीया श्रीमतीको निधन

रसुवामा ७८ वर्षका वृद्ध पुरुषले ६५ वर्षकी श्रीमतीलाई लात्ताले हानेर मारिदिएका छन् । घरायसी बिषयमा झै–झगडा हुँदा नौकुण्ड गाउँपालिका–५, भोर्लेडाँडाकी ६५ वर्षीया कान्छीमाया गमदानको मृत्यु भएको हो ।

श्रीमान ७८ वर्षीय बुद्धीबहादुर गमदानले हिजो बिहान कान्छीमायालाई एकाएक लात्ती प्रहार गर्दा पिँढीबाट आँगनमा बजारिन पुगेकी थिइन् । गम्भीर घाइते उनको उपचारको हिजो बेलुकी त्रिशुली अस्पताल, नुवाकोटमा ज्यान गएको हो ।

श्रीमती मारेका वृद्ध पुरुष अहिले प्रहरी हिरासतमा पुगेका छन् ।

टिप्पणीहरू