आमाको उमेरकी महिलालाई १७ वर्षे किशोरले गरे करणी

आमाको उमेरकी महिलालाई १७ वर्षे किशोरले गरे करणी

तनहुँमा एक जना किशोरले दोब्बरभन्दा बढी उमेरकी आमा सरहकी महिलालाई करणी गरेका छन् । बन्दीपुर गाउँपालिका २, पौवाका १७ वर्षे किशोरले ४४ वर्षीया महिलालाई हिजो जबरजस्ती करणी गरेका हुन् ।

महिलालाई करणी गर्ने किशोर प्रहरीको हिरासतमा पुगेका छन् । किशोरले महिलालाई जबरजस्ती गरेको खबर प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय, बन्दीपुरको प्रहरी टोलीले उनलाई हिजो साँझ पक्राउ गरेको हो ।

टिप्पणीहरू