प्रधानमन्त्रीको जन्मथलोमै यस्तो ताल…

पञ्चायतले देशलाई ०५७ सम्म एसियाली मापदण्डमा पु¥याउने भन्दाभन्दै आपंैm बितिहाल्यो, त्यसपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अरू के–के तन्त्र आए सबै सहज, सरल र सर्वसुलभ कार्यसम्पादन गर्ने वचन दिए पनि ताप्लेजुङमा दूरसञ्चारको सेवा प्रवाह देख्दा हामी उल्टो गतिमा हिँडिरहेका त छैनौं भन्ने द्विविधा हुन्छ ।

०२४४६०२३४, २७२, ३९६ लगायत २० वटाभन्दा बढी ल्यान्डलाइन टेलिफोन ०७३ चैत महिनामा बिग्रिएका थिए । बनाइदिन अनुरोध गर्दै सेवाग्राही दूरसञ्चार कार्यालयमा बारम्बार तारिख धाए पनि बनेनन् र सेवाग्राही आपैंm गलेर धाउन छाडे । ११ महिना बितिसक्दा पनि बनेका छैनन् । लाइन बिग्रनुपहिले नै किनिएको एडिएसएलको रकमसमेत दूरसञ्चारले त्यसै खायो, यता कतिपयको मासिक न्यूनतम शुल्क असुल गरिरहेको छ । कार्यालय प्रमुखको दाबी छ । लाइन बनाउन योजना नै बन्नुपर्छ खर्च छैन, तार छैन, तर जिल्ला प्रशासन कार्यालयबाट ३ सय मिटर नजिकका १० वटा लाइन बनाउन केन्द्रीय योजना पर्खनुपर्ने भनाइ कति सत्य होला ?

टिप्पणीहरू