बर्दियामा सवारी दुर्घटना : बालकको ज्यान गयो, ५ घण्टा राजमार्ग अवरुद्ध

बर्दियामा सवारी दुर्घटना : बालकको ज्यान गयो, ५ घण्टा राजमार्ग अवरुद्ध

आज दिउँसो बर्दियामा भएको सवारी दुर्घटनामा १३ वर्षका बालकको ज्यान गएको छ । बाँसगढी नगरपालिका ५ को मोतिपुरमा भएको दुर्घटनामा बालक गणेश परियारको मृत्यु भएको हो ।

 

घटनापछि मृतकका आफन्तले चालकलाई कारबाही र क्षतिपूर्तीको माग राख्दै स्थानीय लक्ष्मण चोकमा प्रदर्शन गरेपछि पूर्व–पश्चिम राजमार्ग केही घण्टा अवरुद्ध भएको हो । झण्डै डेढ सय जनाको प्रदर्शनपछि स्थानीय प्रशासन, प्रहरी र प्रदर्शनकारीहरुबीच भएको वार्ता पश्चात् साँझ ७ बजेदेखि यातायात खुलेको छ ।

 

उनीहरुबीच भोलि बिहान पुनः वार्ता हुने जनाइएको छ ।

टिप्पणीहरू