​कता राख्ने टुंगो छैन, कोशेलीको पीर

‘काम गर्ने कालु, मकै खाने ढेडु’ भन्या यही हो । चलचित्र तथा हलहरूको सुुधारका लागि बक्स अफिस लागू गर्ने घोषणा झण्डै दशकअघि उठेको हो । फिल्मले कति कारोबार ग¥यो, कति हलमा रिलिज भयो, कुन हलमा कति शो र कति दर्शकले हेरेको छ भन्ने अभिलेख राख्न बक्स अफिस लागू गर्ने तयारी थियो १० वर्षदेखि नै ! झण्डै दशकदेखि विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताहरूको योजना हो यो । जसले हालै मात्र मूर्तरूप पाएको छ । अहिले पनि खोज्ने हो भने नकिमउद्दिन र धर्मेन्द्रबीच हस्ताक्षर भएको पत्र विकास बोर्डमा भेटिएला ।

त्यही समय पनि आकाश अधिकारीहरू बक्स अफिस लागू गर्न सक्रिय थिए । मरवैताको कार्यकालपछाडि कांग्रेसको सरकार आयो र मीनेन्द्र रिजालको जोडबलमा उनै आकाशका अत्यन्त निकट र प्रिय पात्र राजकुमार राई हुँदासमेत बक्स अफिस लागू गर्ने योजना पूरा हुन नसकेको यो योजना मोहन बस्नेत र विकास बोर्डमा निकिता पौडेल अध्यक्ष भएर आएसँगै पूर्ण भएको छ । 

रमाइलोचाहिँ के छ भने सर्भर कहाँ राख्ने केही टुंगो छैन । सर्भर बोर्ड मातहत रहने हो वा निर्माता संघ मातहत ? यकिन छैन । तर, सर्भरलाई टेण्डर दिन हतारिनुको रहस्य के हो ? यसमा सर्भरको टेण्डर हात पारेको छ, सुविसु इन्टरनेटले । आकाश अधिकारी र प्रदीपकुमार उदयहरूले सुबिसुलाई यो टेण्डर दिलाइदिएबापत कोशेली लिएको चर्चा छ । इ टिकेटिङअन्तर्गत राजधानीका गोपीकृष्ण, गुण सिनेमा, अष्टनारायण, विश्वज्योति, सिटिम्याक्स, गंगा, कलंकी, सिद्धार्थ, पुष्पाञ्जली, पृथ्वी, इअन, बाराहीलगायत राजधानीका हलमा ई–टिकेटिङ सुचारु गराउने र सफ्टवयर जडान गर्ने काम तीव्र रूपमा हुँदै छ । यता, कतिपय सिनेकर्मी तथा हलवाला भने बिनातयारी र हचुवाको भरमा बक्स अफिसअगाडि सारिएको भन्दै आपत्ति जनाउन थालेका छन् । 

नामै लालमस्तिष्क
मुर्गा हन्टिङ सिने नगरीमा नौलो कुरा भएन । पछिल्लो समय यस्ता पनि नयाँ अनुहारका कलाकार देखिएका छन् जो आफंैले लगानी गरेर नायकनायिका बन्ने रहर पूरा गरिरहेका छन् । तर, केही यस्ता सेलिब्रेटी छन् जो हरेक वर्ष एउटा पैसावाललाई मुर्गा बनाएर चलचित्र निर्माण गर्छन् । वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएकी रेखा थापाले हालै लाल मस्तिक बनाउने घोषणा गरिन् । जहाँ मुर्गाका रूपमा भेटिए नर कार्की र तारा थापा राणा । यससँगै आमालाई निर्मात्रीको रूपमा अगाडि सारेर चलचित्रको पर्दामा देखिने रहर पूरा गर्दै छिन् । चलचित्र निर्देशनको जिम्मा सम्झना उप्रेती रौनियारलाई दिइएको छ भने वितरण कार्य विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले सम्हाल्दै छिन् ।

यसअघि झण्डै आधा दर्जन चलचित्र बनाउने घोषणा गरेकी रेखाका ती चलचित्र घोषणा मात्र हुनु र निर्माण नहुनुको मुख्य कारण उनले खोजेजस्तो मुर्गा फेला नपर्नु हो । यसबीच रेखाले निर्माण गर्ने घोषणा गरेको रुद्रप्रिया, तथास्थु, पलाँस, डायरी, कसले चो¥यो मेरो मन फेरिलगायत आधा दर्जन चलचित्र खोजेजस्ता मुर्गा फेला नपरेपछि बन्न सकेका थिएनन् । शंका छ यही भीडमा लालमस्तिक त थपिने होइन ?

टिप्पणीहरू