प्रचण्ड,गोकुल र ओलीले भित्ता पुर्याउने भन्नुको अन्तर्य के होला ?

प्रचण्ड,गोकुल र ओलीले भित्ता पुर्याउने भन्नुको अन्तर्य के होला ?

केही दिनअघि नवलपरासी पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो – केपी ओलीलाई राजनीतिबाटै बाहिर मिल्काइदिन्छु । आफ्नो पार्टी र आफूलाई धोका दिएका कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्या्एको दाबी गर्दै प्रचण्डले फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिनुभएको हो ।

दुबैका कमजोरी दुबैलाई थाहा छ । राजनीतिबाटै निकालिदिने प्रचण्डको अभिव्यक्तिले ओलीको कमजोरीतर्फ संकेत गरेको हुनसक्ने बताइन्छ ।

त्यसो त,नेकपामा हुँदै आपसी आरोप प्रत्यारोपमा उत्रिएका नेताहरु माओवादी र एमाले टुक्रिएपछि आक्रामक रुपमा लागेका छन् । मन्च पाउनेबित्तिक्कै प्रचण्ड र माधव नेपाललाई ओलीबाट गालीको वर्षा शुरु भैहाल्छ । प्रचण्ड र माधव पनि ओलीलाई काउन्टर जवाफ दिइरहनु भएको छ ।

गत हप्ता प्रचण्डले ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिन्छु भनेपछि राजनीतिक वृत्तमा त्यसको अर्थ खोज्न थालिएको छ । हुन त प्रचण्डको अभिव्यक्तिमा बढी आक्रोश नै देखिन्थ्यो । यद्यपि एमालेभित्रकै एकथरीले भने सामान्य आवेगका रुपमा मात्र लिन नहुने बताएका छन् । झण्डै तीन वर्ष एउटै पार्टीको अध्यक्ष भएका र लामो सत्ता सहकार्य गरेका कारण पनि दुबैका कमजोरी दुबैलाई थाहा छ । राजनीतिबाटै निकालिदिने प्रचण्डको अभिव्यक्तिले ओलीको कमजोरीतर्फ संकेत गरेको हुनसक्ने बताइन्छ ।

महाधिवेशन सकिएको दुई हप्ता भैसक्यो । स्थायी कमिटीको बैठक बसेको छैन । विधान के गरी पास गर्ने हो, संशोधन, सुझाव केही छैन । राष्ट्रिय महाधिवेशन मंसिरमा भनिएको छ । ठ्याक्कै एक महिना मात्र बाँकी । तयारी पनि छैन !

अर्कोथरीले भने ओलीप्रतिको कुण्ठाको अभिव्यक्तिका रुपमा परिभाषित गरेका छन् । त्यस्तो तर्क गर्नेहरुले मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलको शक्तिशाली अध्यक्षलाई राजनीतिबाट आउट गर्छु भन्नु हास्यापद हुने बताएका छन् । राजनीतिमा ओलीप्रति आकर्षण बढिरहेका बेला तथ्यसंगत विरोध गर्न नसकेपछि प्रचण्डले अराजनीतिक टिप्पणी गरेको आरोप एमाले नेताहरुको छ ।

सत्तामा हुँदा ओली कुनै भ्रष्टाचारका मुध्दामा जोडिएको हुनसक्ने र प्रचण्डको अभिव्यक्तिलाई त्यतै सोझिएको मान्नेहरु पनि छन् । प्रचण्ड परासी पुग्नु अघिल्लो दिन काभ्रेको एउटा कार्यक्रममा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रचण्डलाई जवाफ दिँदै हेप्नी हो,हराइदिने हो भन्नुभएको थियो । ७० करोड अनियमितताको आरोप लागेको अडियो काण्ड सार्वजनिक भएपछि पद छोड्नुभएका बाँस्कोटा प्रचण्ड र माधव नेपालमाथि चर्को विरोध गरिरहनु भएको छ । अनियमितताको आरोप लागेको र ओलीको विश्वासपात्रसमेत रहेकाले प्रचण्डले ओलीलाई नै जवाफ दिएको विश्लेषण गर्नेहरु पनि छन् । बाँस्कोटाले मन्त्री हुँदा प्रचण्डले आफूलाई आर्थिक अनियमितता गर्न दबाब दिएको तर आफूले नमानेका कारण योजनावध्द फसाइएको दावी गर्नुभएको छ ।

तर,कुनै काण्डमा फसाएर ओलीलाई कमजोर पार्ने अवस्था भने अहिले देखिंदैन । किनभने अख्तियारमा ओलीले नियुक्त गर्नुभएका आयुक्तहरु हुनुहुन्छ । सम्पत्ति शुध्दिकरण प्रधानमन्त्री कार्यालय मातहत भएपनि खासै प्रभावी छैन ।

प्रचण्डको भनाइलाई आगामी निर्वाचनसम्मै अहिलेको सत्ता गठवन्धनलाई निरन्तरता दिने र ओलीलाई चुनाव हराउनेतर्फ केन्द्रित रहेको अर्थ पनि लगाउन सकिन्छ । किनभने तीन वर्ष सरकारको नेतृत्व गर्दा ओलीले भित्तामै पुर्याएका नेताहरु अहिले सहकार्यमा छन् । अन्यथा अवस्था नआए कम्तिमा माओवादी, एकीकृत समाजवादी र जसपा चुनावी गठवन्धनसम्म सहकार्य गरेर जानेमा करिब एकमत छन्।

यता,एमालेको आफ्नै दु:ख छ । विधान महाधिवेशनपछि तत्काल बोलाउने भनिएको स्थायी कमिटी बैठकको सुरसार छैन । खासगरी माधव समूह छोडेर एमालेमै बसेका केही नेता विधान महाधिवेशनलाई लिएर उतिबेलैदेखि असन्तुष्ट रहँदै आएका छन् । महाधिवेशनलाई व्यापक बहसको थलो बनाउनुपर्नेमा नेताको प्रचारवाजी बाहेक केही हात नलागेको उनीहरुको आरोप छ।

‘महाधिवेशन सकिएको दुई हप्ता भैसक्यो । स्थायी कमिटीको बैठक बसेको छैन । विधान के गरी पास गर्ने हो,संशोधन,सुझाव केही छैन । राष्ट्रिय महाधिवेशन मंसिरमा भनिएको छ । ठ्याक्कै एक महिना मात्र बाँकी । तयारी पनि छैन’,तेस्रो धारका एक नेताले भने ।

सुदूरपश्चिमका त्यत्रा सांसद गए । जम्मा २ जना रावल कमरेडसँग हो अहिले । अहिले भानुभक्त जानुभयो । त्यसैले एमालेमा बस्ने १० भाइमध्ये सबैभन्दा पीडित उहाँ हो । तर,उहाँले पोलिटिकल लिडरसिपको उत्तराधिकारी पैदा गर्न सक्नुभएन । त्यसकारण पनि उहाँलाई धेरैको छोडेको हुनसक्छु !

ओली भने आफ्नो रोडम्यापमा प्रष्ट अघि बढिसक्नु भएको छ । अहिले पार्टीमा बलियो पोजिसन बनाउनुभएका उहाँ थप बलियो बन्ने दिशामा हुनुहुन्छ । त्यसका लागि तत्कालीन माधव समूहलाई फुटाउने रणनीति रहेको नेताहरुको दावी छ । खासगरी भीम रावल, घनश्याम भुसालजस्ता खरो बोल्ने र आफ्नो आलोचना गर्नेहरुलाई जिम्मेवारी नदिने ओलीको आन्तरिक तयारी थाहा पाएको एक नेताले बताए ।

आगामी महाधिवेशनबाट आफू अध्यक्ष बन्ने र पदाधिकारीमा निकट नेतालाई राखी अनुकूल टीम बनाएर जाने ओलीको तयारी रहेको ती नेताले सुनाए । ओलीविरुध्द घेराबन्दी भैरहेको र चुनाव जित्न ओलीमा केन्द्रित हुनुपर्ने तर्क राखेर त्यस्तो योजना बनिरहेको बताइन्छ ।

यसको पहिलो शिकार नेता रावल र भुसाल हुने परिस्थिति बनिरहेको छ । १० बुँदेका नाममा सुदूरपश्चिमको लफडा त्यसको पूर्वसंकेत मानिन्छ । रावललाई छोडेर केही दिनअघि मात्रै माधवतिर फर्किएका भानुभक्त जोशीले एमालेमा बस्न नसक्नुको कारण पनि त्यहि भन्नुभएको छ ।

‘सुदूरपश्चिमका त्यत्रा सांसद गए । जम्मा २ जना रावल कमरेडसँग हो अहिले । अहिले भानुभक्त जानुभयो । त्यसैले एमालेमा बस्ने १० भाइमध्ये सबैभन्दा पीडित उहाँ हो । तर,उहाँले पोलिटिकल लिडरसिपको उत्तराधिकारी पैदा गर्न सक्नुभएन । त्यसकारण पनि उहाँलाई धेरैको छोडेको हुनसक्छ’, ति नेताले भने ।

यता, पछिल्लो समय ओलीसमेत मौन हुनुहुन्छ । काँग्रेसको महाधिवेशनपछि राजनीतिले नै नयाँ कोर्स लिनसक्ने भएकाले उहाँ अहिले चुपचाप बसेको दावी गर्नेहरु पनि छन् । ओलीलाई रामचन्द्र पौडेल वा अरुभन्दा काँग्रेसको नेतृत्वमा शेरबहादुर देउवाले नै निरन्तरता पाएको अवस्था बढी सहज हुने कांग्रेसका कतिपय नेताको तर्क छ । तर, आगामी चुनावमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने भएकाले दुई दल मिलेर जाने कुनै सम्भावनाको गुञ्जायस नरहेको तर्क गर्नेहरु पनि छन् ।

टिप्पणीहरू