भारतीय अर्थ राज्यमन्त्री भोलि मनकामना जाने,आज चितवनमा बास बस्ने

भारतीय अर्थ राज्यमन्त्री भोलि मनकामना जाने,आज चितवनमा बास बस्ने

भारतीय अर्थ राज्यमन्त्री पंकज चौधरी आज स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने भएका छन् । स्थलमार्ग हुँदै आउने क्रममा राजधानी काठमाडौं पुग्नुअघि उनले गोरखास्थित मनकामना मन्दिरको दर्शन गर्ने बताइएको छ ।

आज उनी भारतबाट सोझै आएर चितवनमा बास बस्नेछन् । चौधरी भोलि बिहान उठेर चितवनको कुरिनटारबाट केबलकार चढेर मनकामना मन्दिर जाने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

मनकामना दर्शनपछि राज्यमन्त्री चौधरी अपरान्ह राजधानी काठमाडौं पुग्नेछन् । त्यसपछिको कार्यक्रम र भेटघाटबारे अहिलेसम्म केही बताइएको छैन ।

टिप्पणीहरू