चिनियाँ राजदूतको दशैँ टीका, नेपाली फुटबलका बिदेशीप्रशिक्षक पनि टोपी र जमरामा

चिनियाँ राजदूतको दशैँ टीका, नेपाली फुटबलका बिदेशीप्रशिक्षक पनि टोपी र जमरामा

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले पनि विजया दशमी नेपालीहरुले झैँ परम्परागत ढंगले मनाउनुभएको छ । राजदूतले नेपाली सहकर्मीहरुसँगै विजया दशमी मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

हिजो मुलुकभर विजया दशमी मनाइरहँदा राजदूत हौले पनि आफ्ना नेपाली सहकर्मीहरुसँग खुशियाली साटासाट गर्नुभएको थियो । विजया दशमीमा राजदूतले सहकर्मीहरुलाई टीका र जमरा लगाएको तस्बिरसँगै उहाँले सबै नेपाली साथीहरुलाई सुस्वास्थ्य,सुख र उन्नतिको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

यता नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि नेपाली खेलाडीहरुसँगै विजया दशमी मनाएका छन् । हाल साफ च्याम्पियनसिप प्रतियोगिताको निम्ति माल्दिभ्सको राजधानी मालेमा रहेका अब्दुल्लाहले त्यहिँ विजया दशमी मनाएका हुन् ।

उनले रातो टीका,जमरा र ढाका टोपी लगाएर विदेशमा समेत विजया दशमी मनाएका छन् । आज शनिबार हुने साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

टिप्पणीहरू