​फुली घट्दा पनि उस्तै फूर्ति

देश गणतन्त्रमा प्रवेश गरिसक्दा पनि सिन्धुलीस्थित निकट भविष्यमै सिंहदरबार स्थानान्तरण हुन लागेको चण्डीदल गणका प्रमुखको क्रियाकलाप र जवानप्रति गर्ने व्यवहार सामन्ती पाराकै छ । निवासमा खटिएका जवानलाई जनावरजत्तिको पनि व्यवहार गर्दैनन्,  मनपरी गालीका साथै शारीरिक यातनासमेत दिने गरेका छन् । राजा ज्ञानेन्द्रसँग दरबारमा काम गरेको बताउने उनी दलका नेताहरुलाई ठोक्नुपर्छ भनी हिँड्छन् । भक्तपुर नलिन्चोकका यी कर्सापको क्रियाकलापबाट हामी जवान त्राहिमाम छौं ।

आफ्ना नातेदार आर्मीको ठुल्ठूला पदमा रहेकाले पल्टनलाई सिंहदरबार लैजाने वातावरण मिलाएको गफ दिन्छन् । चुनावका लागि आएको रकम पनि एकाउन्टेन्टसँग बिल–भर्पाइ मिलाएर हजम गरेका छन् । रासन ठेकेदारसँग मिली लाखौं रकम कुम्ल्याउन सफल भएका छन् । गुल्मीमा कार्यरत रहँदा ०६२ सालतिर आफूअन्तर्गतका जवानहरुलाई सधैं लात्ती भाँचिने गरी कुट्ने गरेपछि उनीहरूले रातको समय मण्डीले छोपेर मरणासन्न हुने गरी कुटेका थिए । त्यसपछि कोर्टमार्शलमा परी मेजरबाट क्याप्टेनमा घटुवा भए । आफ्ना मामा जर्साब डा. बच्चुराम केसी र श्रीमतीतिरको नातेदार जर्नेल पदमविलासको पावरले जागिर जोगाउन सफल भए तैपनि व्यवहारमा कुनै परिवर्तन आएको छैन । वरिष्ठ अधिकृतहरुसँग पनि झगडा गरिहाल्ने स्वभावका उनले सेनामै मेजर रहेका आफ्नै दाइलाई समेत चिन्दिनँ भन्दै हिँडेका छन् ।

– रुद्र बानियाँ

टिप्पणीहरू