​छोराहरुका डिल छरपष्ट

म्यानपावरवाला निर्मल गुरुङका छोरा विमल, न्युज टपवाला अनिल जोशीका छोरा अधिश, पत्रकार पुष्करलाल श्रेष्ठका छोरा दिरेक र पत्रिका साहुजी महेन्द्र शेरचनका छोरा आशिशले एक–एक वटा मिडिया चलाएका छन् । बाबु चेयरम्यान र छोरा सिइओ । सबैले मार्केटिङ डिल गर्छन् । यिनले हुन्डाइसँग राम्रै बार्गेनिङ गरे तर भनेजति पाएनन् । मारुती सुजुकीमा पनि गज्जब डिल गरे ।

सबैले आफ्ना मिडियामा एकैसाथ समाचार प्रकाशित गरे तर अहिले रोकेका छन् । सायद केही सहमति भएको हुनुपर्छ । दुगड ग्रुपसँग पनि पटक–पटक सौदाबाजी गरे । अहिले महिन्द्रा अटो र बैंकहरूलाई एकैसाथ अँठ्याइरहेका छन् । उनीहरूले सामुहिक रुपमा समाचार लेख्ने र बराबरीका आधारमा व्यावसायिक डिल गर्ने गरेका छन् । कर्पोरेट हाउस र धेरै बैंकहरुमा आतंक नै खडा गरेका छन् । यो समूहको मुख्य हर्ताकर्ताचाहिँ आशिश र विमल हुन् ।

– महेन्द्र महतो

टिप्पणीहरू