टीकाको रात, दुई युवकको जिन्दगीमा घात

टीकाको रात, दुई युवकको जिन्दगीमा घात

दशैंको टीकाको रात मोटरसाइकलमा सवार दुई युवकले बसको ठक्करबाट ज्यान गुमाउनु परेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा गए राति यो घटना भएको हो ।

नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हेटौंडा–१५ बस्ने १८ बर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ बर्षीय सुशान्त दियाली रहेको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै दुबैलाई हेटौँडा अस्पताल लगिए पनि मृत घोषित भएका थिए ।

ठक्कर दिने बस तथा चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनु भयो । दुबैको शव हेटौडा अस्पतालको शवगृहमा राखिएको छ भने आक्रोशित भीडले बस तोडफोड गरेको छ ।

टिप्पणीहरू