ग्यास कम्पनीको ट्याङ्कीभित्र मजदुर सिकिस्त

ग्यास कम्पनीको ट्याङ्कीभित्र मजदुर सिकिस्त

दक्षिणकाली नगरपालिकाको खहरेस्थित एभरेष्ट ग्यास उद्योगको ठूलो ट्याङ्कीभित्र पसेका मजदुरलाई सिकिस्त अवस्थामा उध्दार गरिएको छ । बिदाको मौका पारेर हिजो उद्योगले ट्याङ्की सफा गराउन भन्दै दुई जना मजदुरलाई भित्र छिराएको थियो ।

छिरेको केही बेरमा उनीहरु सिकिस्त भएपछि नेपाल प्रहरीको महाराजगञ्जस्थित उध्दार टोली उक्त उद्योगमा पुगेको हो । त्यहाँबाट उनीहरुलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाइते मजदुरहरुमा भारत हरियाणाका २८ वर्षे सुरेश यादव र ३५ वर्षे रविन्द्र यादव छन् ।

टिप्पणीहरू