कंगोमा नेपाली सेनाको पहिलो डफ्फा फेरियो

कंगोमा नेपाली सेनाको पहिलो डफ्फा फेरियो

अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ । त्यहाँ तैनाथ Quick Reaction Force (QRF) Company पहिलो डफ्फामा रहेका सैनिक अदलीबदली गर्न प्रमुख सेनानीको नेतृत्वमा ३५ जनाको टोली त्यहाँ पुगेको छ ।

प्रमुख सेनानी निखिल कुँवरको कमाण्डमा त्यसतर्फ गएको टोली बिहीबार कतार एअरवेजको नियमित उडानबाट उडेको थियो ।

कोरोना महामारीमा पनि सेनाले नियमित रुपमा हुँदै आएको सेना अदलीबदलीको काममा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको बताइएको छ ।

 

 

टिप्पणीहरू