आज सबेरै रोशनीले पासो लगाइन्

आज सबेरै रोशनीले पासो लगाइन्

आज बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ मा एउटी युवती पासो लगाएर भुण्डिएकी छन् । त्यहाँस्थित नेपाल टेलिकम अगाडि गाई फार्मको बाँसको बलोमा २१ वर्षीया रोशनी शाही झुण्डिएकी हुन् ।

बाजुराको हिमाली गाउँपालिका १ घर भएकी युवतीले पासो लगाउनुको कारण खुलेको छैन । स्थानीयले मृत्युको कारण खुलाउँदै शव उठाउन दिएका छैनन् । घटनास्थलमा झण्डै ४ दर्जन प्रहरीको उपस्थिति छ ।

झण्डै डेढ सयको हाराहारीमा रहेका स्थानीयले शव उठाउन अवरोध पुर्याएको थानकोट चौकीका इन्चार्ज डिएसपी मोहनबहादुर खाँणले बताए ।

टिप्पणीहरू