विप्लवका जेठा दाई बिते

विप्लवका जेठा दाई बिते

नेकपा विप्लवका महासचिव नेत्र विक्रम चन्दका जेठा दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ को निधन भएको छ । लामो समयदेखि नयाँ दिल्लीमा उपचाररत ६१ वर्षीय चन्दको र्गए राति नयाँ दिल्लीको म्याक्स अस्पतालमा निधन भएको हो ।

 

उनी पार्टीको पोलिटब्युरो र केन्द्रीय सदस्य हुन् । लामो समय जेलमा बिताएका चन्द्रबहादुरलाई जेलमै मुटु रोगले च्यापेको थियो । यसअघि उनको मुटुको दुई पटक शल्यक्रिया गरिएको थियो । प्रहरी हिरासतमा रहेको बखत उनलाई कोरोना संक्रमणसमेत भएको थियो ।

 

नेता चन्दको शव भोलि नयाँ दिल्लीबाट कपिलवस्तुको शिवगढीस्थित घरमा ल्याइने नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

टिप्पणीहरू