आज दिनभर काठमाडौंमा सशस्त्रको निःशुल्क बस सेवा

आज दिनभर काठमाडौंमा सशस्त्रको निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बलले हिजोजस्तै आज पनि सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । विजया दशमीको अवसरमा सशस्त्रले काठमाडौंमा बिहान १० बजेदेखि ५ बजेसम्म निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा निःशुल्क बस सञ्चालन हुनेछ । पहिलो रूट सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय, हल्चोकबाट निस्कने बस चक्रपथ हुँदै बनस्थली, बालाजु, गोंगबु, बसुन्धरा, महाराजगञ्ज, चाबहिल, गौशाला, तीनकुने, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकीबाट हल्चोकसम्म पुग्ने छ ।

दोस्रो रूटको बस पनि सशस्त्र प्रहरीको प्रधान कार्यालय, हल्चोकबाट निस्किएर चक्रपथबाट स्वयम्भु चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज, बसुन्धरा, गोंगबु, बालाजु, वनस्थली हुँदै हलचोक नै पुग्ने छ ।

टिप्पणीहरू