ताइवानमा भीषण आगलागी, कम्तिमा ४६ को मृत्यु

ताइवानमा भीषण आगलागी, कम्तिमा ४६ को मृत्यु

दक्षिणी ताइवानको एउटा भवनमा आज भएको भीषण आगलागीमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

 

ताइवानको समाचार एजेन्सी (सीएनए) का अनुसार काओसिङ सहरको यान्चेङ जिल्लामा एउटा १३ तल्ले व्यापारिक र आवासीय भवनमा लागेको आगोमा उनीहरुको ज्यान गएको हो । आगलागीमा ४१ जना घाइते भएका छन् ।

 

अधिकारीहरुका अनुसार भवनको सातौं र एघारौं तलाको बीचमा अरु धेरै जना फसेकाले मृतक र घाइतेको संख्या अरु बढ्ने आशंका गरिएको छ । भवनको आवासीय तलामा धेरैजसो वृद्धवृद्धा बसेकाले आगलागीबाट धेरै मानवीय क्षति भएको बताइन्छ ।

टिप्पणीहरू