दशैं मनाऊँ, ज्यान पनि जोगाऊँ

दशैं मनाऊँ, ज्यान पनि जोगाऊँ

दशैं दैलोमा छ । कोरोना नियन्त्रण गर्ने नाममा सूचना जारी गर्ने काम मात्र भएको छ, मापदण्ड पालनामा कडाइ भएको देखिन्न ।

केही दिनअघि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सम्पूर्ण व्यापार व्यवसाय सञ्चालन गर्न केही शर्त पालना गर्नुपर्ने भनेका थिए । तर, के ती नियम पालना भए ? सम्बन्धित निकाय अनुगमनमा निस्कियो ? काठमाडौँ उपत्यकामा मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा प्रवेश निषेध भनिएको छ । तर, अनिवार्य भनिएको मास्क अधिकांशले लगाएको देखिँदैन । सहचालक, चालकले समेत मास्क लगाउनमा अटेर गरिरहेका छन् भने यात्रुको झन् के कुरा !

सार्वजनिक यातायातको ढोकामा अनिवार्य भनिएको स्यानिटाइजर राखिएकै छैन । सार्वजनिक सवारी साधन महिनाँैसम्म धोइपखाली गरिँदैन । स्यानिटाइज पनि गरिएको छैन । सार्वजनिक सवारीको छतमा यात्रु चढाउन पूर्णरूपमा प्रतिबन्ध र सिट क्षमताभन्दा बढी यात्रु हाल्न नपाइने भनेर ३ जिल्लाको संयुक्त बैठकले गरेको निर्णय पनि बेबारिस छ ।

स्थानीय प्रशासनले होटल, रेष्टुरेण्ट र रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पनि केही नियम बनाएको छ । ठमेलमा सञ्चालित रात्रिकालीन व्यवसायमा मनोरञ्जन गर्न आउनेको भीड उस्तै छ ।

ठमेलको एउटा रात्रिकालीन व्यवसायीमा २० लाखदेखि १० करोडसम्म लगानी छ । तर, यी व्यवसायी ले राज्यलाई कति राजस्व तिरेका छन् कुनै पनि निकायले चेकजाँच गरेको छैन । गृहमन्त्रीलाई मतलब नै छैन् । किनभने गृहमन्त्रीलाई यी रात्रिकालीन व्यवसायीले नै पालेका छन् । महानगर त कहाँ हो कहाँ । कसैलाई अत्तोपत्तो छैन ।

रात्रिकालीन व्यवसाय पनि कोरोनाकालीन लकडाउनको मारमा परेका छन् । भाडा तिर्नैप¥यो, व्यवसाय बन्द, आम्दानी मन्द । घरै बेचेर जानुपर्ला जस्तो छ, रातभरि हल्ला भएर सुत्नै सकिँदैन । समस्या त यो पनि छ ।’

रात्रिकालीन व्यवसाय सञ्चालनको हकमा सरकारले जम्मा क्षमताको आधा मात्र सर्वसाधारण राख्न निर्देशन दिएको छ । सामाजिक दूरी पालनालाई अनिवार्य गरिएको छ ।

तर, न मास्क न त कुनै स्वास्थ्य मापदण्डको परिपालना । न पिसिआर रिपोर्ट । भ्याक्सिन लगाएको कार्डपनि देखाइएको छैन । हालैमात्र एमालेको विधान महाधिवेशन सम्पन्न भयो । ६ हजारको उपस्थिति थियो । त्यहाँ पनि कडा स्वास्थ्य मापदण्डको उल्लंघन भएको देखियो । कांग्रेसको स्थानीय निर्वाचनमा पनि यस्तै भयो ।

चाड पर्व लागेसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ । पैदल यात्रुको चाप छिचोल्न हम्मेहम्मे पर्ने स्थिति छ । टाइम पासको लागि बजार डुल्न आउने पनि यत्तिकै छन् । अझै पनि कोरोनाको जोखिमपूर्ण रूपमा हराइसकेको छैन । यससम्बन्धी औषधिको चरम अभाव छ ।

स्वतन्त्र भएर बजार घुम्न मिल्ने अवस्था सिर्जना हुन केही समय लाग्न सक्छ । एक जनालाई कोरोना संक्रमण भयो भने पूरै परिवार संक्रमित हुन सक्छ । याद गरौं, एकबारको जुनी फेरि फेरि पाउन सकिन्न ।

टिप्पणीहरू