भोलि टीकाको साइत बिहान १० बजेर २ मीनेटमा,अन्यत्र कति बजे ?

भोलि टीकाको साइत बिहान १० बजेर २ मीनेटमा,अन्यत्र कति बजे ?

भोलि विजया दशमीको टीकाको शुभ साइत बिहान १० बजेर २ मीनेट रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपालमा भोलि सोही समय मान्यजनको हातबाट टीका लगाइन्छ । तर,नेपालको टीकाको समय अन्यत्र चाहिँ कति बजे हुन्छ ?

सोहीबमोजिम तयार गरिएको विभिन्न देशमा रहेका नेपालीले लगाउने टीकाको साइत यसप्रकार छ :

भारतको नयाँ दिल्लीमा बिहान ९:५५ बजे,अमेरिकाको न्यूयोर्कमा अक्टोबर १५ (असोज २९ गते) बिहान ९:२९ बजे,टेक्सासमा सोही दिन बिहान ८:१५ बजे र क्यालिफोर्नियामा बिहान ७:१५ बजेको साइत रहेको छ ।

क्यानाडाको टोरन्टोका लागि सोही दिन बिहान ८:३५ बजे, जापानको टोकियोमा बिहान ११:०५ बजे, अष्ट्रेलियाको सिड्नीमा बिहान १०:२५ बजे,अष्ट्रेलियाकै मेलबोर्न शहरमा १०:३१ बजे, न्युजिल्याण्डमा बिहान १०:३५ बजे, पोर्चुगलमा बिहान ९:५५ बजे, बेलायतको लण्डनमा बिहान १०:०१ बजे र फ्रान्सको पेरिसका लागि बिहान ९:१५ बजे विजयादशमीको टीकाको साइत परेको समितिले जनाएको छ ।

त्यस्तै नर्वेमा बिहान ८:३१ बजे, मलेसियामा बिहान ८:४५ बजे, संयुक्त अरब इमिरेट्समा बिहान ८:३१ बजे, कतारको दोहामा बिहान ७:५५ बजे, थाइल्याण्डको बैंककमा बिहान ८:१५ बजे, दक्षिण कोरियामा बिहान ९:१५ बजे, इजरायलमा बिहान ९:०१ बजे, साउदी अरेबियामा बिहान ८:१४ बजे, स्वीजरल्याण्डमा बिहान १०:१५ बजे र हङकङमा बिहान ८:३३ बजेको समयमा दशैंको टीका लगाउन उत्तम हुने जनाइएको छ ।

टिप्पणीहरू