​दुःख छ हजुर सेनामा दुःख छ

सेनापतिले विशेष सिफारिस एकजनालाई एकपल्ट दिने नियम छ तर नवराज कार्की भन्ने ग्यारिजन गणको सुवेदारलाई दरबन्दी हँुदै नभएको ठाउँमा सहायक सेनानी बनाएर सेवा परिवर्तनमार्फत प्राविधिक उपसेनानी बनाउन खोजिँदै छ । सेवा परिवर्तन गर्न लोकसेवा र भर्ना छनोटको विज्ञापन हुनुपर्छ । आफन्त र हुनेका लागि मात्रै संस्था हो भने अन्य सैनिक नियम र कानुन खोज्न कहाँ जाने ? रक्षा मन्त्रालयका सचिव र सहसचिवहरू विदेश जान पाए आर्मी ठीक भन्दै जस्तो पनि काम गर्ने ? 

कमाउने कार्यालयमा आफन्त, उच्च विदेश तालिम र सर्वेक्षणमा आफन्त, स्टाफ कलेजमा पैसा वा नातावाद, बढुवा सरुवामा नातावाद, जसरी नेपाल प्रहरी बिग्रियो सैनिकमा त्योभन्दा बढी छ, देखाउने र चपाउने दाँत ? नेपालको राजदरबार आज शशिभवन भएको छ । रानीसाब आरजु देउवाझैं शक्तिशाली छिन् । २ वर्ष भयो खरिद गरेको ज्याकेट सिपाहीले लाउन पाएको छैन, विदेशमा अधिकृत र जर्नेलभन्दा पहिला सिपाहीलाई दिने गरिन्छ तर यहाँ त सिपाहीले लगायो भने अधिकृतको इज्जत जान्छ रे ! एउटै देखिएर मान घट्छ रे ! गौरवसमशेर राणाले आफूखुसी बेलायतको जस्तो नयाँ युनिफर्म लगाएर आए जसमा नेपाल सरकारले केही बोल्न सकेन । – पीडित सैनिक परिवार

टिप्पणीहरू