महानवमीमा हनुमानढोकामा भक्तजनहरुको चहलपहल (फोटो फिचर)

महानवमीमा हनुमानढोकामा भक्तजनहरुको चहलपहल (फोटो फिचर)

आज दशैंको नवौं दिन अर्थात् नवमीको दिन हो । आजकै दिन मात्र खोलिने हनुमानढोकास्थित तलेजु भवानीको मन्दिर । त्यहाँ आज बिहानैदेखि भक्तजनहरुको घुईंचो लागेको थियो । कोरोना महामारीको कारण गत वर्ष बन्द रहेको तलेजु भवानीको मन्दिरमा यसपटक भने चहलपहल निकै देखिएको छ ।

नेवार समुदाय तलेजु भवानीलाई आफ्नो इष्ट देवताको रुपमा पुज्छन् । धेरैले दैवी शक्तिको रुपमा समेत तलेजु भवानीलाई पुज्ने गर्छन् । फूलपातीको दिनमा हनुमानढोकाको मूलचोकमा तलेजु भवानीलाई राखी अष्टमीको दिन ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिएर पूजा गर्ने प्रचलन छ । विजया दशमीको दिन विशेष साइत निकालेर तलेजु भवानीलाई मूल मन्दिरमै फर्काउने चलन छ ।

आजैका दिन हनुमानढोका नजिकैको मखनमा रहेको सैनिक ब्यारेकमा सैनिक निशानको पूजा गर्ने चलन छ । त्यसबेला प्रधानसेनापती र उहाँकी श्रीमती तथा श्रीमती सैनिक संघकी अध्यक्षको उपस्थिति रहन्छ ।

यसैगरी, तलेजु भवानीको नागाड़ा (कालभैरवस्थान अगाडि राखिएको ठूलो तबला) मा पनि राँगा तथा बोकाको बलि दिएर पूजा गर्ने चलन छ । त्यसरी बलि दिइएका राँगा तथा बोकाको रगतबाट हातको निशान बनाउने प्रचलन रहँदै आएको छ । जुन यस पटक पनि देखियो ।

टिप्पणीहरू