भारतीयलाई जतिबेला कुर्सीमा बस्न पनि अनुमति चाहिन्थ्यो

भारतीयलाई जतिबेला कुर्सीमा बस्न पनि अनुमति चाहिन्थ्यो

कुर्सीमा बस्न पनि अनुमति लिनुपर्छ भन्ने कुराले सबैलाई आश्चर्यचकित पार्न सक्छ । तर भारतमा दुई सय वर्षसम्म राज गरेका ब्रिटिशहरुले भारतीयहरुलाई कुर्सीमा बस्न समेत अनुमति दिएका थिएनन् ।

सन् १८८७ ताका भारतीय नागरिकलाई ब्रिटिश अधिकारीहरुको कार्यालयमा जाँदा कुर्सीमा बस्नको लागि अनिवार्य रुपमा अनुमति लिनु पर्दथ्यो । त्यो पनि मौखिक होइन, लिखित ।

त्यस्तो लिखित अनुमति पत्रमा ‘निज व्यक्ति सरकारी अधिकारी तथा सज्जनहरुलाई भेट्दा एक सिटको हकदार छन्’ भनेर लेखिएको हुन्थ्यो ।

अनुमति पत्र नभएकाहरू उठेरै ब्रिटिश अधिकारीहरुलाई घण्टौं कुर्थे । विगतमा आफ्ना पुर्खाले त्यस्तो अमानवीय खप्की व्यहोरेका कारण अहिले पनि भारतका कतिपय स्थानमा उच्च तहका भनिएकाहरुले सर्वसाधारणलाई त्यस्तै व्यवहार देखाएको खबर बाहिरिन्छन् । धन्न अहिले भने ब्रिटिशहरुले झैँ लिखित अनुमति पत्र जारी गर्दैनन् ।

टिप्पणीहरू