जताततै जुवा, ९ जना पक्राउ पर्दा ३ लाख बरामद

जताततै जुवा, ९ जना पक्राउ पर्दा ३ लाख बरामद

दशैंमा जताततै जुवातासको खाल जमेको छ । प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न र जुवातासमा संलग्नलाई पक्रन भ्याइनभ्याइ छ । यहि क्रममा कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा अष्टमीको दिन ९ जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–४, भाँसी बस्ने भुवन साउदको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ४० वर्षीय दानसिंह महरासहित ९ जना हिजो साँझ पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी तास समेत बरामद गरेको छ ।

टिप्पणीहरू