ग्यास बोक्ने ट्याङकरभित्र सवा क्विण्टल गाँजा

ग्यास बोक्ने ट्याङकरभित्र सवा क्विण्टल गाँजा

वीरगञ्जमा रोकिराखेको भारतीय ग्यास बोक्ने ट्याङ्करभित्र सवा क्विण्टल गाँजा फेला परेको छ । स्थानीय आइसिपि गेट नजिकै रोकी राखेको भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङकरभित्र १ सय २० केजी गाँजा प्रहरीले बरामद गरेको हो ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा फेला पारेको हो । टयाङ्कर प्रहरीको कब्जामा रहे पनि चालक फरार छन् ।

उता झापामा भने प्रहरीले ब्राउन सुगर फेला पारेको छ । भद्रपुर नगरपालिका–८ बाट स्थानीय नवीन खानको साथबाट झण्डै ९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

३१ वर्षीय खान हिजो बिहान भद्रपुरबाट बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा निज रहेको बस खानतलासी लिने क्रममा ब्राउन सुगरसहित उनी पक्राउ परेका हुन् ।

टिप्पणीहरू