कसले बनायो १ हजार बोतल पेट्रोल बम ? « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

कसले बनायो १ हजार बोतल पेट्रोल बम ?

प्रकाशित मिति :  २८ आश्विन २०७८, बिहीबार १४:३०


बुटवलको मोतिपुरमा गत साता भएको भिडन्तपछि सशस्त्र प्रहरी बलले हिजो स्थानीयको घर तथा छाप्रोबाट ठूलो परिमाणमा पेट्रोल बम र घरेलु हतियार बरामद गरेको छ । भिडन्तमा प्रहार गरिएको पेट्रोल बमबाट सशस्त्र प्रहरी एसपीलगायत घाइते भएका थिए ।

झडपपछि तनावग्रस्त भएका स्थानीय रानीगञ्ज,मगरघाट पुल मुनिको बगर र हरिहरगञ्जमा चलाइएको सर्च अभियानमा सशस्त्र प्रहरीले झण्डै एक हजार बोतल ‘पेट्रोल बम’ र घरेलु हतियार भेट्टाएको बताइएको छ ।

गत साता रुपन्देहीको प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा भएको प्रहरी र सर्वसाधारणको भिडन्तमा चार जनाले ज्यान गुमाएका छन् । ७० जनाभन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउने सबै सर्वसाधारण हुन् भने घाइतेमा झण्डै तीन दर्जनभन्दा बढी प्रहरी र डेढ दर्जन सशस्त्र प्रहरी र त्यत्तिकै संख्यामा सर्वसाधारण छन् ।


प्रतिक्रिया दिनुहोस !